साफ च्याम्पियनसिप : सेमिफाइनलमा भारतविरुद्ध कस्तो रहला नेपालको प्रदर्शन ?

कार्तिक १०, २०८१ |सविना कार्की
साफ च्याम्पियनसिप : सेमिफाइनलमा भारतविरुद्ध कस्तो रहला नेपालको प्रदर्शन ?

काठमाडौं । साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा नेपालले भोलि भारतसँग प्रतिस्पर्धा गर्दैछ । नेपाल समूह बी को विजेता र भारत समूह ए को उपविजेता बनेपछि यी दुई टोलीको भेट अन्तिम चारमा नै भएको हो । 

अहिलेसम्म भएका साफका ६ संस्करणमध्ये भारत र नेपालले समान पाँच-पाँच पटक फाइनल खेलेका छन् । तर नेपाल उपाधि नजिक पुगेर रोकिँदा भारतको नाममा सर्वाधिक ५ पटक चेयामम्पियन बनेको कीर्तिमान छ । 

अघिल्लो पटक नेपालले भारतलाई सेमिफाइनलमै रोकेको थियो । के नेपाल लगातार दोस्रो पटक भारतको चुनौती पन्छाउन सफल होला ? 

विस्तृत भिडियो रिपोर्टमा हेर्नुहोस


Image

सविना कार्की

कार्की कान्तिपुर टेलिभिजनको खेल ब्युरोमा कार्यरत छन् ।