एम्बाप्पेको तलब विवादलाई लिएर पीएसजी अदालत जाने

कार्तिक १०, २०८१ |कान्तिपुर टीभी संवाददाता
एम्बाप्पेको तलब विवादलाई लिएर पीएसजी अदालत जाने

काठमाडौं । केलियन एम्बाप्पेको तलब विवादलाई लिएर फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन पीएसजीले अदालत जाने निणर्य गरेको छ । फ्रेन्च लिगले फरवार्ड एम्बाप्पेको पक्षमा निर्णय गरेको भन्दै पीएसजीले अदालत जाने बताएको हो ।

यसअघि फ्रान्सको फुटबल लिग गभर्निङ बडीले पीएसजीले एम्बाप्पेलाई ६ करोड अमेरिकी डलर दिनुपर्ने निर्णय गरेको थियो । त्यो एम्बाप्पेको बाँकी तलबमध्ये भएको र तत्काल दिन लिग विजेता क्लबलाई निर्देशन दिएको थियो । क्लबसँग बेमेल बढेपछि एम्बाप्पेले गत वर्ष पीएसजीसँग सम्झौता नवीकरण गर्ने निर्णय अस्वीकार गरेका थिए ।

त्यसपछि उनले आफ्नो बाँकी तलब माग गरेका थिए । विवाद नगरिकनै एम्बाप्पेसँगको छलफलमा मुद्दाको टुंगो लगाउन पहल गरेको तर खेलाडीले सो प्रस्ताव पनि अस्वीकार गरेको क्लबले जानकारी दिएको छ । 

एम्बाप्पे पिएजसीको सर्वकालीन सर्वाधिक गोलकर्ता समेत रहेका छन् । उनले फ्रान्सको राजधानीमा सात वर्ष बिताएका थिए । यता एम्बाप्पेले पनि यो मुद्दा श्रम अदालतमा लैजान सक्नेछन् । यसबारेमा एम्बाप्पेका प्रतिनिधिले भने अहिलेसम्म सार्वजनिक रूपमा केही बताएका छैनन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.