छेडेदह गोल्डकप : पाँचौं पटक विजेता बन्यो कन्सर्न बाजुरा

कार्तिक ९, २०८१ |कान्तिपुर टीभी संवाददाता
छेडेदह गोल्डकप : पाँचौं पटक विजेता बन्यो कन्सर्न बाजुरा

बाजुरा । छैटौं संस्करणको छेडेदह गोल्डकप २०८१ को उपाधि कन्सर्न बाजुराले जितेको छ । समूहचरण र सेमिफाइनल हुँदै फाइनलमा पुगेको कन्सर्न बाजुराले बडीमालिका-९ लाई पराजित गर्दै पाँचौ पटक पनि उपाधि हात पारेको हो ।

लगातार चार वर्ष उपाधि उचाल्दै आएको कन्सर्न बाजुराले बडीमालिका-९ लाई ४-२ ले हराएको हो । खेल सुरु भएको ३० मिनेटमा कन्सर्न बाजुराका जीवन रावलले पहिलो १ गोल हानेका हुन् भने त्यसलगत्तै ओमप्रकाश बोहराले १ गोल र हृदयन्द्र सिंहले १ गोल गरे । खेलको दोस्रो हाफमा सिंहले १ थपेका हुन् ।

यस्तै बडिमालिका-९ का राजेश थापाले १ गोल र सुमन विकले १ गोल बनाएका हुन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.