आईसीसी विश्वकप लिग टु मा आज अमेरिका र र स्कटल्याण्ड भिड्दै

कार्तिक ९, २०८१ |कान्तिपुर टीभी संवाददाता
आईसीसी विश्वकप लिग टु मा आज अमेरिका र र स्कटल्याण्ड भिड्दै

काठमाडौं । आइसीसी विश्वकप लिग टूको ३७ औं खेलमा आज अमेरिका र र स्कटल्याण्ड भिड्दैछन् । ग्रान्ड प्रेरी स्टेडियममा खेल नेपाली समय अनुसार सवा ९ बजे हुने छ ।

यस त्रिकोणात्मक सिरिजमा यी दुई टोलीसहित नेपाल पनि सम्मिलित छ । यस सिरिजअघि नेपालसँगको क्रिकोणात्मक टी-२० आई सिरिजमा ३-० को क्लिन स्विपहार बेहोरेको अमेरिकाले यस चक्रको लिग २ मा भने सानदार प्रदर्शन गरेको छ । ८ मध्ये ६ खेल जितेको अमेरिका राम्रो लयमा समेत छ ।

युएई र नामिबियाविरुद्धको लिग-२ सिरिजमा अमेरिकाले खेल जितेको थियो । आरोन जोन्सलाई यस सिरिजमा आराम दिएको अमेरिकाका लागी स्मित पटेल र एन्ड्रिज गौसले ओपनिङ गर्नेछन् । मध्यक्रमका ब्याट्सम्यानमा कप्तान मोनांक पटेल, सैतेज्जा मुक्कामला र मिलिन्द कुमारले अमेरिकी ब्याटिङ लाइनअफ समहाल्ने छन् ।

एक महिनाअघि नामिबिया र ओमानविरुद्धको लिग २ मा सानदार प्रदर्शन गर्दै ३ खेल जितेको स्कटल्यान्डपनि लिग २ मा सबैभन्दा बलियो टोली मध्ये एक हो । अमेरिका ए सँगको अभ्यास खेलमा बेहोरेको हारले स्कटल्यान्डलाई सामान्य भएपनि दबाबमा पारेको छ ।

दुई टोलीबीचका अन्तिम ५ ओडीआईमा स्कटल्यान्डले ३ र अमेरिकाले २ खेल जितेको छ । लिग २ मा अमेरिका ८ खेलमा ६ जित सहित १२ अंक जोडेर तालिकाको दोस्रो स्थानमा छ । ७ मध्य ४ जित र २ खेलमा हार बेहोरेको स्कटल्यान्ड ९ अंक सहित पाँचौ स्थानमा छ ।

यसै सिरिज अन्तर्गत आइतबार राति नेपाल र अमेरिका प्रतिस्पर्धा गर्नेछन् । मंगलबार नेपाल र स्कटल्यान्डबीचको खेल हुने छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.