मोरक्कोका पूर्व फुटबलर बराडाको ३५ वर्षको उमेरमा निधन

कार्तिक ९, २०८१ |कान्तिपुर टीभी संवाददाता
मोरक्कोका पूर्व फुटबलर बराडाको ३५ वर्षको उमेरमा निधन

काठमाडौं । मोरक्को र मार्सेका पूर्व मिडफिल्डर अब्देलाजिज बराडाको ३५ वर्षको उमेरमा निधन भएको छ ।

उनको मृत्युको कारण अहिलेसम्म पुष्टि नभएपनि मोरक्कोका मिडियाहरूले उनलाई हृदयघात भएको दाबी गरेका छन् । बराडाले २०२१ मा अन्तर्राष्ट्रिय खेल खेलेर फुटबलबाट सन्यास लिएका थिए । उनले २०१२ लन्डन ओलम्पिक सहित आफ्नो देशका लागि २६ खेल खेल्दै चार गोल गरेका छन् ।

मोरक्कन फुटबल महासंघले उनको निधनलाई "ठूलो क्षति" को संज्ञा दिदैं सामाजिक सञ्जालमा श्रद्धाञ्जली अर्पण गरेको छ ।

बाराडाले सन् २०११ देखि २०१३ बीचमा स्पेनिस क्लब गेटाफेबाट ६४ खेल खेलेका छन् । २०१४ देखि २०१६ सम्म मार्सेमा दोस्रो कार्यकाल बिताएका बराडाले २ गोल गरेका थिए ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.