युरोपा कन्फरेन्स लिग : पानाथिनाइकोसमाथि चेल्सीको जित

कार्तिक ९, २०८१ |कान्तिपुर टीभी संवाददाता
युरोपा कन्फरेन्स लिग : पानाथिनाइकोसमाथि चेल्सीको जित

काठमाडौं । युरोपा कन्फरेन्स लिगमा चेल्सीले लगातार दोस्रो जित हात पारेको छ । गएराति सम्पन्न खेलमा पानाथिनाइकोसलाई ४-१ ले पराजित गर्दै चेल्सीले सुरुवाती २ खेलमा ६ अंक जोडेको हो ।

चेल्सीको जितमा जोआओ फेलिक्सले २ गोल गरे । गत महिना युएफाको तेस्रो तहको प्रतियोगितामा आफ्नो उद्घाटन खेलमा जेन्टलाई ४-२ पराजित गर्दाको टिममा प्रशिक्षक एन्जो मारेस्काले थुप्रै परिवर्तन गरेका थिए । २२ औं मिनेटमा जोआओ फेलिक्सको गोलमार्फत चेल्सीले सुरुवाती अग्रता बनाएको थियो । ५५ औं मिनेटमा मिखाइलो मुड्रिकले गोल गरेपछि चेल्सीले अग्रता दोब्बर बनायो ।

५५ औं मिनेटमा फेलिक्सले व्यक्तिगत दोस्रो गोलले जोआओ फेलिक्सको क्रसलाई ड्यानियल म्यानसिनीले ह्यान्डल गरेपछि क्रिस्टोफर कान्कुले पेनाल्टी स्पटबाट चौथो गोल थपे । ६९ आम्यानचेस्टर युनाइटेडका पूर्व खेलाडी फाकुन्डो पेलिस्ट्रीले पानाथिनाइकोसका लागि सान्त्वना गोल फर्काए ।

यस जितसंगै चेल्सीले २ खेलमा ६ अंक जोडेको छ । ऊ कन्फरेन्स लिगको शीर्ष स्थानमा छ । समान खेलमा १ अंक रहेको पानाथिनाइकोस २९ औं स्थानमा छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.