युरोपा लिगमा टोटनहमको लगातार तेस्रो जित

कार्तिक ९, २०८१ |कान्तिपुर टीभी संवाददाता
युरोपा लिगमा टोटनहमको लगातार तेस्रो जित

काठमाडौं । रिचार्लिसनको पेनाल्टीको मद्दतमा टोटनहमले युरोपा लिगमा लगातार तेस्रो जित हात पारेको छ । इंग्लिस टोली टोटेनहमले डच टिम एजेड अल्कमारलाई १-० ले पराजित गरेको हो ।

पहिलो हाफमा एन्जे पोस्टेकोग्लोको टोलीले राम्रो अवसर सिर्जना गरेपनि डेडलक तोड्न सकेनन् । मिकी मूरले टिमो वेर्नरको क्रसमा फिनिस गर्न सकेनन् ।

५३ औं मिनेटमा ब्राजिलियन खेलाडी रिचार्लिसनले पेनाल्टीमा गोल गर्दै डेडलक तोडे । ८५ औं मिनेटमा डेभिड मोलर वोल्फले दोस्रो पहेालो कार्ड पाएपछि एजेडले अन्तिम केही मिनेट १० खेलाडीमा सिमित भएको थियो ।

यस जितसंगै टोटनहम ३ खेलमा शतप्रतिशत नतिजासहित युरोपा लिगको दोस्रो स्थामा उक्लिएको छ । उसको ९ अंक छ । समान खेलमा ४ अंक जोडेको एजेड २४ औं स्थानमा । अर्को खेलमा शीर्ष स्थानको लाजियोले १० खेलाडीमा सिमित ट्वान्टीलाई २-० ले पराजित गर्यो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.