उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले माग्यो सुझाव

कार्तिक ९, २०८१ |कान्तिपुर टीभी संवाददाता
उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले माग्यो सुझाव

काठमाडौं । उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले आर्थिक सुधारका लागि राय सुझाव माग गरेको छ ।

उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले एक सूचना जारी गर्दै उद्योगी व्यवसायी, संघ संस्था, सार्वजनिक निकाय, वैदेशिक लगानीकर्ता, विज्ञ तथा आम नागरिकको राय सुझाव मागेको हो ।

नेपाल सरकारले गठन गरेको उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले अर्थतन्त्रका सबै पक्षको अध्ययन गरी आर्थिक सुधारका सुझावहरू ६ महिनाभित्र दिने गरी कार्य प्रारम्भ गरेको छ।

आयोगले विद्यमान आर्थिक समस्या समाधान गर्दै समतामुलक तथा दिगो उच्च आर्थिक वृद्धि, रोजगारी सिर्जना, अर्थतन्त्रको संरचनात्मक परिवर्तन गरी औद्योगिक / उत्पादनशील अर्थतन्त्र निर्माण, गरिबी निवारण गरी समृद्ध नेपाल निर्माण गर्न आर्थिक सुधारका सुझावहरू दिनेछ ।

आयोगले मङ्सिर १५ गते भित्र आयोगको सचिवालय रहेको स्थान सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्र, हरिहर भवन, ललितपुरमा पुग्ने गरी वा इमेल आइडी: [email protected] मा इमेल गरी लिखित रुपमा सुझाव पठाउन अनुरोध गरेको छ । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.