साफ महिला च्याम्पियनसिप : पहिलो हाफसम्म नेपालको चौथो गोल, श्रीलंकाको शून्य [LIVE]

कार्तिक ८, २०८१ |कान्तिपुर टीभी संवाददाता
साफ महिला च्याम्पियनसिप : पहिलो हाफसम्म नेपालको चौथो गोल, श्रीलंकाको शून्य [LIVE]

काठमाडौं । साफ महिला च्याम्पियनसिपमा नेपाल र श्रीलंकाबीचको जारी खेलमा नेपालले चौथो गोल गरेको छ भने श्रीलंकाले एउटा पनि गोल गर्न सकेको छैन ।

नेपालका लागि सविता रानामगरले खेलको आठौँ मिनेटमा पहिलाे गाेल गरेकी हुन् । दास्राे गाेल भने १२ मिनेटमा साम्बाले गरिन् । खेलको १३औँ मिनेट तेस्रो र छत्तिसौँ मिनेटमा चौथो गोल रेखा पौडेलले गरेकी हुन् ।

साँझ साढे ५ बजे सुरु भएको समूह बीको अन्तिम खेलमा नेपाल जितको लक्ष्यसहित मैदानमा छ । यसअघि भुटानसँग बराबरी र मालदिभ्सविरुद्ध फराकिलो जित दर्ता गरेको नेपाल आज समूह विजेता बनेर सेमिफाइनल पुग्ने लक्ष्यमा छ ।

श्रीलंकाले यसअघि नै तीन अंक जोडिसकेको छ भने नेपाललको चार अंक छ । समान चार अंक भएको भुटानले आज कमजोर मालदिभ्सको सामना गर्नेछ । यसकारण पनि आज नेपाललाई जित दर्ता गर्न दबाब रहेको छ । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.