इंग्ल्यान्डका क्रिकेटर टम मुर्स लुम्बिनी लायन्समा अनुबन्धित

कार्तिक ७, २०८१ |कान्तिपुर टीभी संवाददाता
इंग्ल्यान्डका क्रिकेटर टम मुर्स लुम्बिनी लायन्समा अनुबन्धित

काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएलको फ्रेन्चाइज टोली लुम्बिनी लायन्सले पहिलो विदेशी खेलाडीको रुपमा इंग्ल्यान्डका क्रिकेटर टम मुर्सलाई हस्ताक्षर गरेको छ ।

पौडेल मार्की खेलाडी रहेको लुम्बिनीले लुम्बिनीले सामाजिक सञ्जाल मार्फत विकेटकिपर तथा बायाँ हाते ब्याटर मुर्सलाई टोलीमा अनुबन्ध गरेको जनाएको हो । मुर्सले इंग्ल्यान्डको टिमबाट कुनै पनि प्रारुपको अन्तर्राष्ट्रिय खेल खेलेका भने छैनन् ।

२८ वर्षीय मुर्स अन्तर्राष्ट्रिय डेब्यू विनै एनपीएलमा डेब्यू गर्ने पहिलो विदेशी खेलाडी समेत हुन् । उनले १ सय ४७ टी-ट्वेन्टीमा २ हजार ३ सय ११ रन प्रहार गरको छन् । उनीसँग इंग्ल्यान्डको अन्डर १९ टिमबाट खेलको अनुभव भने छ ।

उनको नाममा ८ टी २० अर्धशकत पनि छ । लुम्बिनिको मुख्य प्रशिक्षक पनि नियुक्त हुन बाँकी छ ।

एनपीएलमा सहभागी ८ टोलीले असोज २० गते भएको अक्शन मार्फत १०–१० जना स्वदेशी खेलाडीहरु अनुबन्धित गरिसक्दा विदेशी खेलाडी हस्ताक्षर गर्ने क्रम भने जारी छ । पहिलो संस्करणको एनपीएल मंसिर १६ देखि पुस ६ गतेसम्म हुने एनपीएलमा ८ टोलीले प्रतिस्पर्धा गर्नेछन् । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.