राष्ट्रतपिसमक्ष विपक्षी दलहरुको गुनासो- सरकार निरंकुशताको बोटोमा गयो

कार्तिक ७, २०८१ |कान्तिपुर टीभी संवाददाता
राष्ट्रतपिसमक्ष विपक्षी दलहरुको गुनासो- सरकार निरंकुशताको बोटोमा गयो

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रतिपक्षी पाँच दलका नेताहरुले भेट गरी वर्तमान राजनीतिक परिस्थितिबारे छलफल गरेका छन् । उनीहरुले सरकार निरंकुशताको बाटोमा अघि बढ्न लागेको भन्दै राष्ट्रपति पौडेलको ध्यानाकर्षण गराए ।

माओवादी केन्द्रका नेता शक्ति बस्नेतले आफूहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सोमबार बुझाएको ज्ञापनपत्रका विषयमा राष्ट्रपतिलाई जानकारी गराइएको बताउनुभयो । उहाँले विपक्षी दलहरुलाई तर्साउन सरकारले अध्यादेश ल्याउन लागेको बारे समेत राष्ट्रपतिको ध्यानाकर्षण गराइएको जानकारी दिनुभयो ।

विपक्षीदलका नेताहरुले संविधानको मर्म र भावनाविपरीत सरकार अघि बढ्न खोजे संविधानको संरक्षक र देशको अभिभावकका हैसियतमा भूमिका निर्वाह गर्न राष्ट्रपतिलाई आग्रह गरेका थिए ।

त्यस क्रममा राष्ट्रपति पौडेलले संविधान र लोकतन्त्रको मर्मलाई हेरेर संविधानले निर्धारण गरेका राष्ट्रपतिको कर्तव्य र सीमाका आधारमा आफूले काम गर्ने विश्वास दिलाउनु भएको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.