एसियाली च्याम्पियन्स लिगमा अल-नासरद्वारा इस्टेगलएल एफसी पराजित

कार्तिक ७, २०८१ |कान्तिपुर टीभी संवाददाता
एसियाली च्याम्पियन्स लिगमा अल-नासरद्वारा इस्टेगलएल एफसी पराजित

काठमाडौं । एसियाली च्याम्पियन्स लिग एलिटमा क्रिस्टियानो रोनाल्डोको अल-नासरले इस्टेगलएल एफसीलाई पराजित गरेको छ ।

साउदी अरेबियाको क्लब अल नासरले इरानी क्लब इस्टेगलएललाई १-० ले पराजित गरेको हो । राशिद स्टेडियम दुबईमा खेलको ८१ औं मिनेटमा लोम्पार्टले गरेको गोल नै निर्णायक बन्यो ।

यस जितले अल-नासरलाई प्रतियोगिताको नकआउट राउन्डमा पुग्न बलियो स्थितिमा पुर्‍याएको छ । नासर ३ खेलमा ७ अंकका साथ तालिकाको चौथो स्थानमा छ ।

पराजित इस्टेगलएल छैठौं स्थानमा छ । खेलमा ९ अंक जोडेको डिफेन्डिङ च्याम्पियन अल हिलाल शीर्ष स्थानमा छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.