अमेरिकाविरुद्ध कुशलको अर्धसतक

कार्तिक ४, २०८१ |कान्तिपुर टीभी संवाददाता
अमेरिकाविरुद्ध कुशलको अर्धसतक

काठमाडौं । अमेरिकाविरुद्धको टी-२० आई सिरिजमा नेपालका अलराउन्डर कुशल भुर्तेलले अर्धसतक पुरा गरेका छन् । उनले ३३ बलमा ५३ रन बनाएका हुन् ।

नेपालले अमेरिकाविरुद्धको टी-२० आई सिरिजअन्तर्गत आज दोस्रो खेल खेल्दै छ । जारी खेलमा नेपालले टस जितेर ब्याटिङ रोजेको थियो । नेपाल एक खेल अघि नै सिरिज जित्ने लक्ष्यका साथ मैदानमा उत्रिएको छ ।

नेपालले यो समाचार तयार पार्दासम्म १५औं ओभरको खेल चलिरहँदा ३ विकेट गुमाएर १ सय १८ रन बनाएको छ ।

तीन खेलको टी-२० आई सिरिजमा नेपालले पहिलो खेलमा शुक्रबार अमेरिकालाई १७ रनले पराजित गरेको थियो । अमेरिकाको डालसस्थित ग्रान्ड प्रेरी स्टेडियममा दोस्रो खेल अहिले बिहान ५:४५ बजे सुरु भएको हो ।

खेलको प्रत्यक्ष प्रसारण कान्तिपुर म्याक्ससहित कान्तिपुर टेलिभिजनका डिजिटल प्लेटर्फममा हेर्न सकिन्छ ।

यसअघि अन्यथा भएकोमा सच्चाइएको छ


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.