शान्ति सुरक्षामा खलल पुग्नसक्ने भन्दै कास्की प्रशासनले पोखरामा तोक्यो निषेधित क्षेत्र

कार्तिक ४, २०८१ |कान्तिपुर टीभी संवाददाता
शान्ति सुरक्षामा खलल पुग्नसक्ने भन्दै कास्की प्रशासनले पोखरामा तोक्यो निषेधित क्षेत्र

कास्की । कास्की जिल्ला प्रशासनले पोखरामा हुनसक्ने प्रदर्शनका कारण शान्ति सुरक्षामा खलल पुग्नसक्ने भन्दै पोखरा महानगरपालिको विभिन्न क्षेत्रलाई चार किल्ला तोकी निषेधित क्षेत्र घोषणा गरेको छ ।

प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले जारी गर्नुभएको आदेशमा आज बिहान पौने १२ बजेदेखि लागू हुने गरी पोखरा महानगरका विभिन्न क्षेत्रलाई अनिश्चित कालका लागि निषेधित क्षेत्र घोषणा गरेको उल्लेख छ ।

निषेधित क्षेत्र घोषणा गरिएका स्थानहरूमा शहीदचोक आसपास पूवर्तर्फ वाइ चोक पश्चिमतर्फ फिस्टेल गेट उत्तरतर्फ मालपोत कार्यालय दक्षिणतर्फ मुस्ताङ चोकलाई चार किल्ल तोकिएको छ।

त्यसै गरी गैह्रापाटन आसपासको पालिखे चोकदेखि नवीन माविसम्मको सडक क्षेत्रलाई पनि निषेधित क्षेत्र घोषणा गरिएको छ । 

रास्वपाका सभापति रवि लामिछानेलाई पक्राउ गरेर पोखरा लगिएपछि पोखरामा निरन्तररुपमा सरकारको विरोधमा प्रदर्शनहरु भइरहेका छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.