बुन्डेसलिगाको चौथो स्थानमा उक्लियो बोरुसिया डर्टमन्ड

कार्तिक ३, २०८१ |कान्तिपुर टीभी संवाददाता
बुन्डेसलिगाको चौथो स्थानमा उक्लियो बोरुसिया डर्टमन्ड

काठमाडौं । बोरुसिया डर्टमन्ड जर्मन बुन्डेसलिगाको चौथो स्थानमा उक्लिएको छ ।

गएराति भएको खेलमा सेन्ट पाउलीलाई २-१ ले पराजित गरेसँगै डर्टमन्ड चौथो स्थानमा उक्लिएको हो ।

ब्रेकको दुई मिनेटअघि रामी बेन्सेबैनीको लुपिङ हेडरमार्फत डर्टमन्डले अग्रता बनाएको थियो । ७८ औं मिनेटमा पाउलीका एरिक स्मिथले ३० यार्डको दुरीबाट गरेको प्रहारले जाली चुमेपछि डर्टमन्डका घरेलु समर्थक मौन भएका थिए । तर त्यसको पाँच मिनेटपछि गिनीका अन्तर्राष्ट्रिय सेर्हौ गुइरासीले गोल गर्दै डर्टमन्डलाई जित दिलाए ।

यस जितले अर्को साता च्याम्पियन्स लिगमा रियाल मयाडि्रडसँगको खेल अघि डर्टमन्डलाई राम्रो एक्सपोजर मिलेको छ । डर्टमन्डको ७ खेलमा १३ अंक छ । समान खेलमा ४ अंक जोडेको पाउली १६ औं स्थानमा छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.