काठमाडौं । एसिया छनोट खेल्न कतार जाने अन्डर सेभेन्टिन नेपाली फुटबल टिमको आज बिदाइ गरिएको छ । अखिल नेपाल फुटबल संघका अध्यक्ष पंकज विक्रम नेम्बाङ र बागमती प्रदेश खेलकुद परिषद्का सदस्य सचिव दीपक लामाले बिदाई गरेका हुन्।
कतारमा हुने छनोटमा नेपाल समूह एफमा रहेको छ । यो समूहमा छनोट आयोजक कतारसँगै जापान र मंगोलियासमेत रहेका छन् । समूह एफको छनोट खेल कर्तिक ७ गतेबाट ११ गतेसम्म हुनेछ ।
यसबीचमा नेपालले तीन खेल खेल्नेछ । सिनियर पुरुष फुटबलमा एसियकै बलियो टिम जापान अन्डर सेभेन्टिनसँग नेपालले कार्तिक ७ गते खेल्नेछ ।
त्यसैगरी कार्तिक ९ गते कतारसँग खेल्नेछ भने मंगोलियासँगको खेल ११ गते रहेको छ। नेपाल भोलि साँझ कतार प्रस्थान गर्नेछ । नेपाली टोलीका कप्तान सुवास बमले कठिन प्रतिद्वन्दी भए पनि छनोटको लागि सत प्रतिशत प्रयास गर्ने बताए ।
सनोज श्रेष्ठको टोली दुई महिनायता बन्द प्रशिक्षण गरिरहेको छ । यसबीच नेपाली अन्डर सेभेन्टिन टिमले साफ च्यम्पियनसिप खेलेको थियो । सो प्रतियोगितामा नेपाल सेमिफाइनलमा भारतसँग पराजित भएर बाहिरिएको थियो।