रवि लामिछानेलाई ६ दिन थुनामा राख्न अदालतको अनुमति

कार्तिक ४, २०८१ |कान्तिपुर टीभी संवाददाता
रवि लामिछानेलाई ६ दिन थुनामा राख्न अदालतको अनुमति

कास्की । सहकारी ठगी तथा संगठित अपराधको मुद्दामा पक्राउ परेका पूर्व गृहमन्त्री एवं रास्वपा सभापति रवि लामिछानेलाई जिल्ला अदालत कास्कीले हिरासतमा राखी अनुसन्धान गर्न ६ दिनको म्याद दिएको छ ।

लामिछानेलाई कास्की प्रहरीले आज जिल्ला अदालतमा म्याद थपका लागि उपस्थित गराएको थियो । शुक्रबार काठमाडौंमा पक्राउ परेका लामिछानेलाई शनिबार बिहान ३ बजे पोखरा पुर्‍याइएको थियो भने शनिबार सार्वजनिक  बिदा परेकाले आज अदालत लगिएको थियो ।

लामिछानेलाई गोर्खा मिडियाको सञ्चालक र प्रबन्ध निर्देशक रहँदा पोखराको सूर्यदर्शन सहकारीको बचत अपचलन गरेको आरोपमा म्याद थपेर अनुसन्धान गर्ने र पुरक मुद्दा लैजाने गरी प्रहरीले अदालतमा उपस्थित गराएको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.