सहरी विकासमन्त्री प्रकाशमान सिंहका १०० दिन, उपलब्धि के ?

कार्तिक ४, २०८१ |कान्तिपुर टीभी संवाददाता
सहरी विकासमन्त्री प्रकाशमान सिंहका १०० दिन, उपलब्धि के ?

काठमाडौं । उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले आफूले मन्त्रालय सम्हालेको १ सय दिनको कामको विवरण सार्वजनिक गर्नुभएको छ ।

सहरी विकास मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा मन्त्री सिंहले नतिजा नै देखाउन मिल्ने उपलब्धि नभए पनि पूर्वधार तथा पुनर्निर्माणमा उल्लेख्य काम भएको दाबी गर्नुभयो ।

उहाँले आउना साथै जादुको छडी कोहीसँग नहुने भन्दै सय दिनमा सहर बन्न नसक्ने बताउँदै मन्त्रालयबाट हुन नसकेका कामको बचाउ गर्नु भयो ।

मन्त्री सिंहले संघ, प्रदेश तथा स्थानीय तहमा भएका सरकारी संरचना निर्माण, पुल, भवन निर्माणका सम्पन्न भएका कामबारे जानकारी गराउनुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.