चीनविरुद्ध कुनै पनि गतिविधिका लागि नेपाली भूमि प्रयोग गर्न दिइँदैन : प्रधानमन्त्री ओली

कार्तिक ४, २०८१ |कान्तिपुर टीभी संवाददाता
चीनविरुद्ध कुनै पनि गतिविधिका लागि नेपाली भूमि प्रयोग गर्न दिइँदैन : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चीनविरुद्धका कुनै पनि गतिविधिका लागि नेपाली भूमि प्रयोग गर्न नदिने बताउनुभएको छ ।

नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिष्ट पार्टीका सिङहाइ प्रान्तका सेक्रेटरी छेन् गाङ्ग नेतृत्वको प्रतिनिधिमण्डलसँग आज बालुबाटारमा भएको भेटमा प्रधानमन्त्री ओलीले दुई देशबीचको सम्बन्ध अझ सुदृढ बनाउनुपर्ने बताउनुभयो । 

चीनले गरेको विकासको प्रसंशा गर्दै प्रधानमन्त्री ओलीले नेपालले पनि त्यसबाट लाभ लिन चाहेको बताउनुभयो । ओलीले राजनीतिक स्थिरताका लागि दुई ठूला दल एमाले र नेपाली कांग्रेसबीचको सहकार्यमा नयाँ सरकार गठन भएको पनि उल्लेख गर्नुभयो । 

चिनियाँ नेता छेन्ले भने आफू महासचिव जिनपिङको निर्देशनमा नेपालको भ्रमणमा आएको जानकारी गराउँदै नेपालको समृद्धिमा चीनको सधै साथ रहने स्पष्ट पार्नुभएको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.