साफ महिला च्याम्पियनसिप : पहिलो पटक नेपाल र भुटानको गोलरहित बराबरी

कार्तिक २, २०८१ |कान्तिपुर टीभी संवाददाता
साफ महिला च्याम्पियनसिप : पहिलो पटक नेपाल र भुटानको गोलरहित बराबरी

काठमाडौं । साफ महिला च्याम्पियनसिपमा घरेलु टोली नेपालले आफ्नो पहिलो खेलमै भुटानसँग गोलरहित बराबरी खेलेको छ । नेपालले साफ महिला च्याम्पियनसिपको इतिहासमै भुटानसँग पहिलो पटक बराबरी खेल्यो । यसअघि भुटानसँगका सबै खेल नेपालले जितेको थियो

दशरथ रंगशालामा आज भएको खेलमा निर्धारित समयसम्म दुवै टिमले गोल गर्न नसकेपछि १-१ अंक बाँडेका हुन् । नेपालले तुलनात्मक रुपमा राम्रो प्रदर्शन गरे पनि गोल गर्न भने सकेन । दोस्रो हाफमा भुटानले पनि नेपाललाई निकै दबाबमा राख्यो । 

यसअघि साफ महिला च्याम्पियनसिपको समूह चरणका सबै खेलमा नेपालले भुटानलाई सधैं हराएको थियो । सन् २०१४ मा नेपालले भुटानलाई ८ - ० ले पराजित गरेको थियो । सन् २०१६ मा पनि नेपालसँग भुटान ८-० ले नै हारेको थियो । सन् २०१९ मा नेपालले भुटानलाई ३ - ० ले हरायो भने सन् २०२२ मा ४ - ० ले जितेको थियो ।

आजै भएको अर्को खेलमा श्रीलंकाले विजयी सुरुवात गरेको छ । श्रीलंकाले माल्दिभ्सलाई १-० ले पराजित गरेको हो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.