कान्तिपुर समाचार, ०२ कार्तिक २०८१

कार्तिक २, २०८१ |कान्तिपुर टीभी संवाददाता
कान्तिपुर समाचार, ०२ कार्तिक २०८१

आजका मुख्य समाचार,

– सहकारी ठगी र संगठित अपराधको आरोपमा रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने पक्राउ / थप अनुसन्धानका लागि पोखरा लगिँदै ।

– काम गर्न नसकेको भन्दै आलोचना बढीरहेका बेला सरकारविरुद्ध विपक्षी दलहरुको मोर्चाबन्दीको प्रयास / सरकार असफल भएको जिकिर / विपक्षी दललाई फुटाउन खोजेको आरोप ।

– बाढी-पहिरो र डुबानपीडितले तीन साता बित्दासमेत प्राथमिक राहत पाएनन् / क्षतिको तथ्यांक पनि संकलन भएन / कात्तिकभित्रै अस्थायी आवासको रकम निकासा गर्ने प्रधानमन्त्रीको दाबी ।

– हमास प्रमुख सिनवर मारिएको उपनेता खलिलद्वारा पुष्टि / इजरायली सेना गाजाबाट फिर्ता नभएसम्म बन्धक रिहा नगर्ने अडान / गाजामा इजरायलको आक्रमणमा थप २८ को मृत्यु ।

– साफ महिला च्याम्पियनसिपमा नेपालको सुखद् सुरुवात हुन सकेन / भुटानसँग गोलरहित बराबरीमा रोकिँदै अंक बाँड्न बाध्य / श्रीलंकाद्वारा माल्दिभ्समाथि एक-शून्यको जित ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.