सन्दीप लामिछानेले पाए अमेरिकाको भिसा, आजै अमेरिका जाने

कार्तिक २, २०८१ |कान्तिपुर टीभी संवाददाता
सन्दीप लामिछानेले पाए अमेरिकाको भिसा, आजै अमेरिका जाने

काठमाडौं । नेपाली राष्ट्रिय टिमका सदस्य सन्दीप लामिछानेले अमेरिकाको भिसा प्राप्त गरेका छन् ।

नेपाल क्रिकेट संघ क्यानले आज विज्ञप्ति जारी गर्दै सन्दीपको अमेरिका भिसा स्वीकृत भएको जनाएको हो । भिसा प्राप्त गरेपछि सन्दीप आजै अमेरिका प्रस्थान गर्ने विज्ञप्तिमा उल्लेख छ ।

यसअघि अमेरिकाले भिसा नदिएकै कारण सन्दीपले टी-२० विश्वकपको अमेरिका लेगका खेल गुमाएका थिए । टी-२० विश्वकप अन्तर्गत सन्दीपले वेस्ट इन्डिजमा भएको दक्षिण अफ्रिका र बंगलादेशविरुद्धको खेल भने खेलेका थिए ।

भिसा प्राप्त गरेसँगै उनले नेपाल, अमेरिका र स्कटल्यान्ड सम्मिलित विश्वकप लिग-२ को त्रिकोणात्मक सिरिज खेल्ने छन् । यो सिरिज अक्टोबर २५ देखि नोभेम्बर ४ सम्म अमेरिकाको टेक्ससस्थित ग्रान्ड प्रेरी स्टेडियममा खेलिने छ ।

हाल नेपाली टोली अमेरिकासँगको ३ खेलको टी-२० आई सिरिजमा व्यस्त छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.