टी-२० आई सिरिज : नेपालले अमेरिकालाई दियो १ सय ६५ रनको चुनौती

कार्तिक २, २०८१ |कान्तिपुर टीभी संवाददाता
टी-२० आई सिरिज : नेपालले अमेरिकालाई दियो १ सय ६५ रनको चुनौती

काठमाडौं । नेपाल र अमेरिकाबीचको तीन खेलको टी-ट्वेन्टी-आई सिरिज आजबाट सुरु भएको छ ।

टेक्ससको डालासस्थित ग्रान्ड प्रेरी क्रिकेट स्टेडियममा बिहान पौने ६ बजे सुरु भएको खेलमा अमेरिकाले टस जितेर नेपाललाई ब्याटिङको निम्तो दिएको थियो ।

जारी खेलमा नेपालले अमेरिकालाई निर्धारित २० ओभरको खेलमा ९ विकेट गुमाउँदै १ सय ६५ रनको चुनौती दिएको छ ।

नेपालका लागि कप्तान रोहित कुमार पौडेलले ४९ रन बनाए । साथै दिपेन्द्र सिहं एरीले २८ रन बनाउँदा आसिफ सेख र अनिल शाहले समान २७/२७ रन बनाए । गुल्शन झाले ११ रन बनाउदा कुशल भर्तेल १० रनमा आउट भए । यसैगरि सोमपाल कामीले २ रन मात्र बनाउन सके । 

दोस्रो खेल आइतबार बिहान र तेस्रो तथा अन्तिम टी-ट्वेन्टी आई सोमबार बिहान हुनेछ । यो सिरिजपछि नेपाल, अमेरिका र स्कटल्यान्डबीच लिग-टू का खेल हुनेछन् ।

लिग-टू सिरिज २५ अक्टोबरदेखि डालास मै सुरु हुनेछ । रोहित पौडेलको टोली क्यानडामा लिग टू र टी-ट्वेन्टी आई सिरिज खेलेर त्यहीँबाट अमेरिका गएको हो ।

खेलको प्रत्यक्ष प्रसारण कान्तिपुर म्याक्ससहित कान्तिपुर टेलिभिजनका डिजिटल प्लेटर्फममा हेर्न सकिन्छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.