साफ महिला च्याम्पियनसिपमा सहभागी हुन श्रीलंङ्का र बंगलादेशको टोली आज काठमाडौं आइपुगे

प्रतियोगिता आगामी बिहीबारबाट सुरु हुने
आश्विन २९, २०८१ |कान्तिपुर टीभी संवाददाता
साफ महिला च्याम्पियनसिपमा सहभागी हुन श्रीलंङ्का र बंगलादेशको टोली आज काठमाडौं आइपुगे

काठमाडौं । साफ महिला च्याम्पियनसिपमा सहभागी हुन श्रीलंङ्काको टोली काठमाडौं आइपुगेको छ । श्रीलंकाको टोलीलाई त्रिभुवन विमानस्थलमा अखिल नेपाल फुटबल संघ एन्फाका प्रवक्ता सुरेश साह लगायतका पदाधिकारीले स्वागत गरे ।

प्रतियोगिता आगामी बिहीबारबाट सुरु हुँदैछ । श्रीलङ्का, नेपाल रहेको समूह बीमा छ । माल्दिभ्स र भुटान पनि यसै समूहमा छन् । श्रीलङ्काले आफ्नो पहिलो खेल शुक्रबार माल्दिभ्ससँग खेल्नेछ ।

समूहको अन्तिम खेलमा श्रीलङ्काले कात्तिक ८ गते नेपालसँग प्रतिस्पर्धा गर्नेछ । तुसानी मधुसिकाको कप्तानीमा रहेको २३ सदस्य श्रीलङ्कन टोली पहिलो पटक साफको उपाधि जित्ने लक्ष्यमा छ ।

बंगलादेश पनि आज बिहान काठमाडौं आएको हो । बंगलादेश प्रतियोगिताको साविक विजेता हो । पाकिस्तान र माल्दिभ्स यसअघि नै नेपाल आइसकेका छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.