निर्मला कुर्मीको न्यायका लागि सरकारले बेवास्ता गरेको अधिकारकर्मीको गुनासो

आश्विन २९, २०८१ |कान्तिपुर टीभी संवाददाता
निर्मला कुर्मीको न्यायका लागि सरकारले बेवास्ता गरेको अधिकारकर्मीको गुनासो

काठमाडौं । बाँकेकी निर्मला कुर्मीको शंकास्पद मृत्यु र सम्पत्ति हिनामिना प्रकरणको विषयमा न्याय मागिरहेका अधिकारकर्मीहरुले सरकारले आफूहरुको बेवास्ता गरेको आरोप लगाएका छन् ।

काठमाडौं माइतीघरमा ६८ दिनदेखि धर्ना बसिरहेका रुवि खानसहितका अधिकारकर्मीले सरकारसँग भएका पटक-पटकका सहमति कार्यान्वयन नभएको गुनासो गरे । उनीहरुले सरकार पीडितको पक्षमा भन्दा पनि पीडककै पक्षमा उभिएको आरोप लगाए ।

राजनीतिक दलको आडमा अनुसन्धान नगरिएको भन्दै २०७८ सालमा खानसहित बाँकेका १४ जना तीन साता पैदल यात्रा गर्दै काठमाडौं पुगेर माइतीघर मण्डलमा आन्दोलन र धर्ना दिएका थिए । त्यसपछि सरकारले माग पूरा गर्ने प्रतिबद्धता गरेको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.