एनपीएल फ्रेन्चाइज टोली जनकपुर बोल्ट्सको मुख्य प्रशिक्षकमा पुबुदु नियुक्त

आश्विन २९, २०८१ |कान्तिपुर टीभी संवाददाता
एनपीएल फ्रेन्चाइज टोली जनकपुर बोल्ट्सको मुख्य प्रशिक्षकमा पुबुदु नियुक्त

काठमाडौं । नेपाल प्रिमियर लिग फ्रेन्चाइज टोली जनकपुर बोल्ट्सले पुबुदु दसानायकेलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ ।

राष्ट्रिय क्रिकेट टोलीका विकेटकिपर ब्याटर आसिफ शेख मार्की खेलाडी रहेको जनकपुरले सामाजिक सञ्जालमार्फत पुबुदुलाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिइएको जानकारी गराएको हो । पुबुदुले फेरि एकपटक नेपाल आउन पाउँदा उत्साहित भएको बताएका छन् ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व मुख्य प्रशिक्षक रहेका पुबुदुसँग नेपाल र क्यानडालाई दुई पटक र एक पटक अमेरिकी राष्ट्रिय टिमको प्रशिक्षाको जिम्मेवमारी सम्हालेको अनुभव छ । श्रीलंकाली मुलका क्यानडियन नागरिक पुबुदुको प्रशिक्षणमा नेपालले पहिलो पटक सन् २०१४ मा टी-२० विश्वकप खेलेको थियो ।

५४ वर्षीय पुबुदुकै प्रशिक्षणमा क्यानडाले एकदिवसीय मान्यता पाउनुका साथै टी-२० विश्वकप खेलेको थियो भने अमेरिकाले समेत पहिलो पटक एकदिवसीय मान्यता पाएको थियो । श्रीलंका र क्यानडा दुवै देशबाट त्रिकेट खेलेका पूर्व विकेटकिपर ब्याटर पुबुदु नेपालको कन्डिसनबारे राम्रो सँग जानकार छन् ।

पहिलो संस्करणको एनपीएल मंसिर १५ गतेदेखि पुस ६ गतेसम्म टीयू क्रिकेट मैदानमा हुनेछ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.