जर्मनीद्वारा नेदरल्यान्ड्स एक-शून्यले पराजित

आश्विन २९, २०८१ |कान्तिपुर टीभी संवाददाता
जर्मनीद्वारा नेदरल्यान्ड्स एक-शून्यले पराजित

काठमाडौं । नेसन्स लिगमा स्टटगार्टका जेमी लेवेलिङले आफ्नो अन्तर्राष्ट्रिय डेब्यु खेलमा गोल गरेपछि जर्मनीले नेदरल्यान्ड्सलाई १-० ले पराजित गर्यो । म्युनिखमा डच टोलीविरुद्ध कठिन जित हात पारेसँगै जर्मनीलेले नेसन्स लिगको क्वार्टरफाइनलमा स्थान सुरक्षित गर्न भने सफल भयो ।

अन्तर्राष्ट्रिय करियरको सुरुवातमै लेवेलिङले डिप्लेक्ट भएको बलमा डच किपर बार्ट भरब्रुगेनलाई विट गरे पनि उनी अफसाइड रहे । जुलियन नागेल्सम्यानको टोलीले थप शसक्त प्रयास गरेपनि डेडलक टोड्न ६४ औं मिनेटसम्म प्रतीक्षा गर्नु पर्यो । दोस्रो हाफमा लेवेलिङले गरेको डेब्यु गोलनै जर्मनीको जितका लागी प्रयाप्त भयो ।

यसँगै लिग ए ग्रुप थ्रीमा जर्मनीले पाँच खेलबाट १० अंक जोडेको छ । दोस्रो र तेस्रो स्थानमा रहेका नेदरल्यान्ड्स र हंगेरीको ५-५ अंक छ । त्यसै समूहको अर्को खेलमा हंगेरीले बोस्निया एन्ड हर्जगोभिनालाई २-० ले हरायो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.