यूएफा नेसन्स लिगमा इङ्ल्यान्डको पुनरागमन

आश्विन २८, २०८१ |कान्तिपुर टीभी संवाददाता
यूएफा नेसन्स लिगमा इङ्ल्यान्डको पुनरागमन

काठमाडौं । वेम्बलीमा ग्रिससँग पराजित भएपछि आलोचना बेहोरेको हेरी केनको टोली इङ्गल्यान्डले युएफा नेसन्स लिगमा पुनरागमन गरेको छ ।

गएराति भएको खेलमा इङ्ल्यान्डले फिनल्यान्ड माथि तीन एक गोलको जित हात पारेको हो । अन्तरिम प्रशिक्षक लि कज्लीले अघिल्लो खेलबाट सुरुवाती एघारमध्ये ६ खेलाडी परिवर्तन गरेका थिए । जसमा गोलकिपर जोर्डन पिकर्फडलाइ डिन हेन्डरसनले रिप्लेस गरे । १८ औं मिनेटमा ज्याक ग्रिलिसको गोलमार्फत इङल्यान्डले घरेलु टोलीविरुद्ध अग्रता लियो ।

६४ औं स्थानमा रहेको फिनल्यान्डले पहिलो हाफमा इङल्यान्डलाइ यही स्कोरमा रोक्न सफल भयो । ७४ औं मिनेटमा ट्रेन्ट अलेक्जेन्डर आर्नोल्डले फ्री किकमार्फत सुन्दर गोल गरेपछि इङल्यान्डले राहत महसुस गरेको थियो । ८४ औं मिनेटमा डेक्लन राइसले टिमका लागि तेस्रो गोल थपे ।

८७ औं मिनेटमा फिनल्यान्डका आर्तु होस्कोनेनले सान्त्वना गोल फर्काएका थिए । ग्रुप टु मा रहेको इङल्यान्ड चार खेलबाट नौ अंकसहित तालिकाको दोस्रो स्थानमा छ । शीर्ष स्थानको ग्रिसको १२ अंक छ । ग्रिसले गएरातिनै भएको खेलमा आयरल्यान्डलाई दुई शून्य गोलले हराएको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement