सप्तरीमा राष्ट्रिय खुला अध्यक्ष कप भलिबल प्रतियोगिता सुरु

आश्विन १९, २०८१ |कान्तिपुर टीभी संवाददाता
सप्तरीमा राष्ट्रिय खुला अध्यक्ष कप भलिबल प्रतियोगिता सुरु

सप्तरी । दशैंको अवसरमा सप्तरीको छिन्नमस्तामा आजदेखि तेस्रो राष्ट्रिय खुला अध्यक्ष कप भलिबल प्रतियोगिता २०८१ सुरु भएको छ ।

प्रसिद्ध छिन्नमस्ता शक्तिपिठ नजिकै सुरु भएको उक्त भलिबल प्रतियोगिताको उद्घाटन सप्तरीका प्रमुख जिल्ला अधिकारी मेघराज मंग्राती, छिन्नमस्ता गाउँपालिका अध्यक्ष विद्यानन्द चौधरी र छिन्नमस्ता शक्तिपिठका पिठाधीश महाकान्त ठाकुरले संयुक्तरूपमा भलिबल खेलेर गर्नुभयो ।

उद्घाटन खेलमा स्थानीय छिन्नमस्ता टिमलाई नेपाल प्रहरीको राजविराज तालिम केन्द्रले पराजित गर्यो । सम्पन्न भएको ३ सेसनको खेलमा लगातार नेपाल प्रहरी विजयी भएको हो ।

छिन्नमस्ता गाउँपालिकाको आयोजनामा आयोजित उक्त प्रतियोगितामा स्थानीय छिन्नमस्ता 'ए', छिन्नमस्ता 'बी', नेपाल प्रहरी, नेपाल आर्मी, पाथीभरा टाइगर, खड्क नगरपालिका, त्रियुगा नगरपालिका र धनुषा भलिबल टिम गरी कुल आठ वटा टिमको सहभागिता छ ।

विजेता टिमलाई नगद १ लाख १ हजार र उपविजेता टिमलाई नगद ५१ हजारसहित पुरस्कार प्रदान गरिने आयोजक छिन्नमस्ता गाउँपालिका अध्यक्ष चौधरीले जानकारी दिनुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement