एचटी क्यानडासँगको पहिलो अभ्यास खेलमा नेपाल पराजित

आश्विन १९, २०८१ |कान्तिपुर टीभी संवाददाता
एचटी क्यानडासँगको पहिलो अभ्यास खेलमा नेपाल पराजित

काठमाडौं । एचटी क्यानडासँगको पहिलो अभ्यास खेलमा नेपाल पराजित भएको छ । गएराति सम्पन्न खेलमा नेपाल घरेलु टोलीसँग ३ विकेटले पराजित भएको हो ।

क्यानडामा सम्पन्न लिग टु सिरिजमा जितविहीन रहँदै केबल १ अंक जोडेको नेपाल अमेरिकामा मा हुने घरेलु टोली र स्कटल्यान्ड सम्मिलत अर्को लिग-२ को त्रिकोणात्मक सिरिजको तयारी छ । सोही सिरिजको तयारीस्वरुप खेलिएको पहिलो एकदिवसीय अभ्यास खेलमा नेपाल एचटी क्यानडासँग स्तब्ध भएको हो ।

सोमपाल कामीको कप्तानीमा टस जितेर पहिला ब्याटिङ गरेको नेपाल १० ओभर २ बल बाँकी रहँदै १ सय ४३ रनमा समेटियो । ओपनर अनिल साह र अर्जुन साउँदले पहिलो विकेटका लागि ७४ रनको साझेदारी गरे । अनिल ३४ र अर्जुन ३३ रनमा आउट भए । मिडिल अडरमा आरिफ शेखले २३ र कुशल भुर्तलले २५ रन जोड्नु बाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

जवाफमा १ सय ४४ रनको सामान्य लक्ष्य घरेलु टोलीले ३६ ओभर ५ बलमा ७ विकेट गुमाएर पुरा गर्यो । उसका कप्तान शुभम शर्मा २७ रनमा आउट भए । युवराज समराले सर्वाधिक ४४ रन बनाए । गुरसाहिब सिंह १७ र ओलिभर कोक्स १६ रनमा नटआउट रहे ।

नेपाल र एचटी क्यानडाबीचको दोस्रो अभ्यास खेल आज राति र तेस्रो खेल मंगलबार खेलिनेछ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement