साफ महिला च्याम्पियनसिप २०२४ को प्रत्यक्ष प्रसारण कान्तिपुर म्याक्स र कान्तिपुर टीभीको मोबाइल एपबाट हुने

आश्विन १९, २०८१ |कान्तिपुर टीभी संवाददाता
साफ महिला च्याम्पियनसिप २०२४ को प्रत्यक्ष प्रसारण कान्तिपुर म्याक्स र कान्तिपुर टीभीको मोबाइल एपबाट हुने

काठमाडौं । नेपालमा आयोजोना हुने साफ महिला च्याम्पियनसिप २०२४ को प्रत्यक्ष प्रसारण कान्तिपुर म्याक्स, कान्तिपुर टेलिभिजनको मोबाइल एप्लिकेसन र कान्तिपुर म्याक्स युट्युब च्यानलबाट हुने भएको छ ।

विगत देखिनै नेपाली खेलकुद प्रेमीसामु विभिन्न राष्ट्रिय अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिताहरुको प्रत्यक्ष प्रसारण गर्दै आएका कान्तिपुर म्याक्स र त्यसका डिजिटल प्ल्यार्फमहरुबाट घरेलु मैदानमा हुने साफ महिला च्याम्पियनसिप पनि प्रत्यक्ष प्रसारण हुने भएको हो ।

सातौ संस्करणको साफ महिला च्याम्पियनसिप दशरथ रंगशालामा कात्तिक १ देखि १४ गतेसम्म आयोजना हुनेछ । सहभागी ७ टिमलाई दुई समूहमा विभाजन गरिएको छ । साविक विजेता बंगलादेशसहित भारत र पाकिस्तान समूह ए मा छन् । समूह बीमा नेपालसँगै भुटान, श्रीलंका र मालदिभ्स छन् ।

प्रतियोगिताको उद्घाटन खेल भारत र पाकिस्तानबीच हुनेछ। नेपालले आफ्नो पहिलो खेलमा कार्तिक २ गते भुटानको सामना गर्नेछ । दोस्रो खेलमा ६ गते मालदिभ्स र समूहको तेस्रो खेलमा कार्तिक ८ गते श्रीलंकासँग खेल्नेछ । दुवै समूहको शीर्ष दुई टोली सेमिफाइनल प्रवेश गर्नेछन् ।

फाइनल खेल कात्तिक १४ गते खेलिने छ । हालसम्म खेलिएका ६ मध्य ५ संस्करणमा उपविजेता रहेको नेपालले यस पटक घरेलु मैदानमा उपाधि जित्ने लक्ष्य राखेको छ । नेपाली महिला टोलीसहित प्रतियोगिताको तयारीमा व्यस्त छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement