एभरेष्ट महिला भलिबल लिगको फाइनलमा आज कर्णालीले ललितपुरसँग प्रतिस्पर्धा गर्ने

आश्विन १९, २०८१ |कान्तिपुर टीभी संवाददाता
एभरेष्ट महिला भलिबल लिगको फाइनलमा आज कर्णालीले ललितपुरसँग प्रतिस्पर्धा गर्ने

काठमाडौं । पहिलो संस्करणको एभरेष्ट महिला भलिबल लिगको फाइनल खेल आज हुँदैछ । दशरथ रंगशालाको कभर्डहलमा यो खेल साढे ५ बजे सुरु हुनेछ ।

कर्णालीले लिग चरणका सबै खेलमा जित दर्ता गरेको थियो भने समूह चरणमा ललितपुर कार्णालीसँग मात्रै पराजित भएको थियो । थाइल्यान्डका तीन खेलाडी अनुबन्ध गरेको ललितपुर आज कर्णालीलाई हराएर उपाधि जित्ने लक्ष्यमा छ।

उत्कृष्ट विदेशी खेलाडी राख्न सफल भएपछि सुमित्रा रेग्मीको टिमले लिग चरणमा पाँच खेलबाट १३ अंक बनाएर फाइनल पुगेको हो । ललितपुरले भने १० अंक जोड्यो । अन्तिम खेलमा काठमाडौं कर्णालीसँग ३-१ ले पराजित भएपछि कर्णालीले ललितपुरसँगको भेट पक्का गरेको थियो ।

कर्णालीका जिपन आउट्रन र एथानासिया लियाग्की र ग्याब्रियल बेन्डा उत्कृष्ट सावित भइरहेका छन् । तर लगातार पाँचौ दिन पनि प्रतिस्पर्धा गर्नुपरेका कारण दुवै टिमका खेलाडी थकित छन् ।

त्यसैले आजको खेलमा दुवै टिमले सम्हालिएर खेल्नुपर्ने छ । कर्णालीका लागि भने सुमित्रा रेग्मी आफैँ पनि कम अनुभव भएकी खेलाडी हुन् । मनिषा चौधरी र मिना सुनार नेपाली भलिबलमा नयाँ खेलाडी भए पनि उत्कृष्ट प्रदर्शन गरिरहेका छन् ।

नेपाली घरेलु भलिबलमा न्यु डायमन्ड भलिबल क्लबका प्रशिक्षक कुमार राईको टोली आज अपराजित रहँदै पहिलो संस्करणको उपाधि जित्ने लक्ष्यमा हुनेछ । अनुभवी खेलाडीले भरिएको ललितपुरको स्क्वाड कर्णालीको रवाफ तोड्ने लक्ष्यमा हुनेछ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement