एसिया रग्बी सेभेन्स ट्रफीमा नेपालको लगातार दोस्रो हार

आश्विन १८, २०८१ |कान्तिपुर टीभी संवाददाता
एसिया रग्बी सेभेन्स ट्रफीमा नेपालको लगातार दोस्रो हार

काठमाडौं । एसिया रग्बी सेभेन्स ट्रफीमा नेपालले लगातार दोस्रो हार बेहोरेको छ । पहिलो खेलमा उज्वेकिस्तानसँग पराजित भएको नेपाली सिनियर पुरुष टोलीले दोस्रो खेलमा बहराइनसँग हारको समान गर्यो ।

दशरथ रंगशालामा आजदेखि सुरु भएको प्रतियोगितामा घरेलु टोली नेपाल उज्वेकिस्तानसँग २४-० ले पराजित भएको हो । कुल १४ मिनेटको खेलभरि नेपालले एक ट्राइसमेत गर्न सकेन । खेलको पाँचौ मिनेटमा नेपालका गणेश बानियाले पाएको पहेंलो कार्ड छैटौं मिनेटमा फिर्ता भएको थियो ।

खेल अवधिभर उज्वेकिस्तानले घरेलु टोलीलाई निरन्तर दबाबमा राख्यो ।

पहिलो हाफमा ज्याक होनगिरको ट्राइबाट पाँच अंकको अग्रता बनाएको उज्वेकिस्तानले दोस्रो हाफमा थप १९ अंक जोड्यो ।

उज्वेकिस्तानका लागि ४ खेलाडीले ट्राइ गर्दा दुई पटक कन्भर्जन किकमा सफलता हात पार्यो । नेपालले घरेलु मैदानको फाइदा उठाउन नसक्दा २४-० को फराकिलो हार बेहोर्यो । दोस्रो खेलमा नेपालले बहराइनसँग २७-७ को हार बेहोर्यो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.