युरोपा लिगमा म्यानचेस्टर युनाइटेड र पोर्टोको बराबरी

आश्विन १८, २०८१ |खेल ब्युरो
युरोपा लिगमा म्यानचेस्टर युनाइटेड र पोर्टोको बराबरी

काठमाडौं । म्यानचेस्टर युनाइटेडले युरोपा लिगमा पोर्टो सँग ३-३ गोलको बराबरी खेलेको छ । दश खेलाडीमा समेटिएको युनाइटेडलाई सब्स्टिच्युट हेरी मग्वावेरले नाटकिय रुपमा हारबाट जोगाएका हुन् । 

पाहुना टोली युनाइटेडले खेल सुरु भएको सातौं मिनेटमा नै पोर्चुगिच क्लब पोर्टो विरुद्ध अग्रता लिएको थियो । मार्कस र्यासर्फडले पहिलो गोल गरेका हुन् । २० औं मिनेटमा रास्मस होयलुन्डले अग्रता दोब्बर बनाए ।

२७औं मिनेटमा पेपेको गोल मार्फत पोर्टो खेलमा फर्कियो । ३४ औं मिनेटमा सामु ओमोरो डियोनले बराबरी गोल फर्काए । ५० औं मिनेटमा उनैले फेरी गोल गरेपछि पोर्टो, युनाइटेड विरुद्ध ३-२ले अघि रहेको थियो । ७८ औं मिनेटमा मग्वोर जिन्द्रो, मार्टिनजेको स्थानमा मैदान प्रवेश गरे । ८१ औं मिनेटमा ब्रुनो फर्नान्डेजले दोहोरो कार्ड पाएपछि युनाइटेड दश खेलाडीमा समेटियो ।

हार तर्फ उन्मुख भइरहेको समयमा मग्वावेर नायक सावित भए । इन्जुरी समयमा क्रिस्टियन एरिक्सनको कर्नरमा मग्वावेरले हेडर गोल गरेपछि युनाइटेडले सिजनको चौथो हार टारेको हो । यो जीतले प्रशिक्षक एरिक टेन हाख माथिको दबाब पनि केही हदसम्म कम भएको छ ।

युरोपा लिगकै अर्को खेलमा टोटेनहमले हंगेरीको फेरेनभारोचलाइ २-१ गोलले हरायो ।