साउदी प्रो लिगमा करिम बेन्जिमा समिम्लित अल इत्तिहादको जीत

आश्विन १८, २०८१ |खेल ब्युरो
साउदी प्रो लिगमा करिम बेन्जिमा समिम्लित अल इत्तिहादको जीत

काठमाडौं । साउदी प्रो लिगमा करिम बेन्जिमा समिम्लित अल इत्तिहादले अल अख्दुदमाथि २-१ गोलको जीत हात पारेको छ ।

खेलको पहिलो हाफ गोल रहित बराबरीमा सकिएको थियो । ५० औं मिनेटमा रियाल मड्रिडका पुर्व खेलाडी बेन्जिमाले डेडलक तोडे । उनले मुसा डियाबेको क्रसमा गोल गरेपछि इत्तिहादले अग्रता लिएको थियो ।

८९ औं मिनेटमा भएको दोस्रो गोलमा पनि बेन्जिमाको संलग्नता रह्यो । उनले सुरुवातमा स्टिभन बर्गविनलाइ बल उपलब्ध गराएका थिए । बर्गविनको क्रसमा हुसेन औवारले हेडर गोल गर्दै घरेलु टोली विरुद्धको दुरी २-० मा पुर्याएका हुन् ।

इन्जुरी समयमा अख्दुदका सलेह अल अब्बासले सान्त्वना गोल फर्काएका थिए । इत्तिहाद ६ खेलबाट १५ अंक सहित तालिकाको दोस्रो स्थानमा छ । एक खेल कम खेल्दै शीर्ष स्थानमा रहेको अल हिलालको पनि १५ अंकनै छ ।

क्रिस्टियानो रोनाल्डोको अल नासार ५ खेलमा ११ अंक जोड्दै चौथो स्थानमा छ । मात्र चार अंक हात पारेको अख्दुद १४ औं स्थानमा छ ।