भक्तपुरमा बाढी पहिरोमा परी ज्यान गुमाएकाका आफन्तलाई राहत वितरण

आश्विन १८, २०८१ |कान्तिपुर टीभी संवाददाता
भक्तपुरमा बाढी पहिरोमा परी ज्यान गुमाएकाका आफन्तलाई राहत वितरण

भक्तपुर । असोज १२ गते अविरल वर्षा पछि गएको पहिरोमा परी ज्यान गुमाएका मृतकका आफन्तलाई संघिय र प्रदेश सरकारले राहत उपलब्ध गराएको छ ।

जिल्ला विपद् व्यवस्थापन समिति मार्फत मृतकका आफन्तलाई संघिय सरकारबाट प्रति परीवार २ लाख र प्रदेश सरकारको तर्फबाट एक लाख रुपैयाँ गरी तीन/तीन लाख रुपैयाँ राहत उपलब्ध गराएको हो ।

आज जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी रोशनी कुमारी श्रेष्ठले सूर्यविनायक ८ स्थित आसापुरीमा पहिरोमा परी मृत्यु भएको दुई जनाको परीवारलाई राहत रकम हस्तान्तरण गुर्नुभएको थियो ।

आसापुरीको पहिरोमा परी दीदी र बहिनीको मृत्यु भएको थियो । त्यस्तै सूर्यविनायककै पलासेको पहिरो पुरिएर मृत्यु भएका परीवारका आफन्तालाई पनि खाता मार्फत राहत रकम पठाइएको छ । मृतका परीवार काजकृया गर्न कालिकोट पुगेकाले राहत रकम परीवारको बैंक खातामा हालिएको प्रमुख जिल्ला अधिकरी श्रेष्ठले बताउनुभयो ।

पलासेमा एक गर्भवती महिलासहित उनकी छोरी र बहिनीको पहिरोमा परी मृत्यु भएको थियो ।

नेपाल रेडक्रस भक्तपुर शाखाले विस्थापितहरूलाई टेन्ट र भाँडाकुडा वितरण गरेको थियो । भक्तपुरमा ४० घर अझै पहिरोको उच्च् जोखिममा रहेको भन्दै बिहीवार मात्रै उच्च जोखिममा रहेका ७ घर परीवार अन्यत्रै सारिएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.