आइसीसी महिला टि-२० विश्वकप : श्रीलङकामाथि पाकिस्तानको जित

आश्विन १८, २०८१ |कान्तिपुर टीभी संवाददाता
आइसीसी महिला टि-२० विश्वकप : श्रीलङकामाथि पाकिस्तानको जित

काठमाडौं । पाकिस्तानले आइसीसी महिला टि-२० विश्वकपको आफ्नो पहिलो खेलमा श्रीलङकालाई ३१ रनले पराजित गरेको छ । लो स्कोरिङ म्याचमा स्पिनर्सले उत्कृष्ट प्रदर्शन गरे ।

युएइको सारजाह क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा सबै विकेट गुमाएर १ सय १६ रनको सामान्य योगफल बनाएको थियो ।

ओमैमा सोहेलले १८, निदा दरले २३ र कप्तान फातिमा सनाले ३० रन बनाए । उदेसिका प्रबोदीनी सुगान्दिका कुमारी र चामरी अटापट्टुले तीन/तीन विकेट लिए ।

जवाफमा श्रीलङका २० ओभरमा नौं विकेटको क्षतीमा ८५ रनमा रोकियो । भिस्मी गुणारत्नेले २० र निलासिखा शिल्भाले २२ रन बनाउनु बाहेक अरु खेलाडीले दोहोरो अंक छुन सकेनन् ।

सादिया इकबालले तीन, फातिमा , ओमैमा र नास्रा सिन्धुले दुइ दुइ विकेट लिए । दुवै टिमका स्पिनर्सले कुल १४ विकेट लिए । उद्घाटन खेलमा बंगलादेशले स्कटलयान्डलाइ १६ रनले हराएको थियो ।

विश्वकपमा आज दिउँसो पौने चार बजे दक्षिण अफ्रिका र वेस्ट इन्डिज तथा पौने ८ बजे भारत र न्युजील्यान्ड बीच खेल हुनेछ । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.