एनपीएलका ८ टोलीका मालिक भन्छन्- एनपीएल नेपाली क्रिकेटको विकासमा कोशेढुंगा सावित हुन्छ

आश्विन १६, २०८१ |सविना कार्की
एनपीएलका ८ टोलीका मालिक भन्छन्- एनपीएल नेपाली क्रिकेटको विकासमा कोशेढुंगा सावित हुन्छ

काठमाडौं । क्रिकेट संघ क्यानको आधिकारिक फ्रेन्चाइज नेपाल प्रिमियर लिगलाई लिएर उत्साह बढ्दो छ । क्यानको लक्ष्य छ- यो लिगलाई एसोसिएट राष्ट्रमा उत्कृष्ट बनाउने । पहिलो संस्करणको तयारीमा रहँदा क्यानले आठ फ्रेन्चाइज टोलीका ओनर सार्वजनिक गरिसकेको छ । एनपीएलका ओनर भन्छन्- एनपीएल नेपाली क्रिकेटको विकासमा कोशेढुंगा सावित हुनेछ ।

एनपीएल खेल्ने आठ फ्रेन्चाइज टोलीका मालिक र लोगो मंगलबार सार्वजनिक गरिएको हो । सहभागी टोलीले यसअघि नै गोलाप्रथाबाट मार्की खेलाडी छनोट गरिसकेका छन् । करण केसी मार्की रहेको काठमाडौं गुर्खाज, काठमाडौं स्पोर्टस डेभलपपमेन्ट भेन्चरको स्वामित्वमा रहनेछ । एनपीएलको दोस्रो महंगो टोली बनेको काठमाडौं गुर्खाजले अक्सनमा ३ करोड ३३ लाख रुपैयााभन्दा बढी रकम तिरेको थियो । नेपाललाई अन्तर्राष्ट्रियस्तरमा ब्राडिङ गर्न एनपीएल महत्वपूर्ण सावित हुने टोलीको भनाइ छ ।

पोखरा एभेन्जर्स, पर्टयनको हब पोखरालाई खेलसाग जोड्न चाहन्छ । उसले एनपीएलमार्फत् जलवायु परिवर्तनको मुद्दालाई पनि बलियोसाग उठाउनेछ । कुशल भुर्तर्तेल मार्की पाएको पोखरा अक्सनमा सर्वाधिक रकम खर्चने टोली हो । उसले ३ करोड ५७ लाखमा स्वामित्व पाएको हो ।

सन्दीप लामिछाने मार्की रहेको विराटनगर रोयल्स पनि नाफा कमाउन मात्र एनपीएलसँग जोडिएको होइन । कुनै समय राष्ट्रिय क्रिकेट टिममा वर्चश्व जमाएको कोशी प्रदेशलाई आफ्नो गुमेको साख फिर्ता गर्नुछ ।

लुम्बिनी, गौतम बुद्धको जन्मस्थलका कारण विश्वमा चर्चित छ । लुम्बिनी लायन्स लुम्बिनी प्रदेशलाई नै एनपीएलको माध्यमबाट नयाा परिचय स्थापित गर्ने लक्ष्यमा छ । राष्ट्रिय टिमका कप्तान रोहित पौडेल यो टोलीको मार्की छन् ।

विकासको हिसावले कर्णाली पिछडिएको प्रदेशमा पर्छ । एनपीएलमा कर्णाली याक्सले यो प्रदेशको प्रतिनिधित्व गर्दैछ । दीर्घकालिन योजनासहित आएको कर्णाली याक्सको, एनपीएल पूर्वाधार निर्माणमा कोशेढुंगा सावित हुने विश्वास छ । कर्णालीले सोमपाल कामी मार्की र ज्ञानेन्द्र मल्ल मुख्य प्रशिक्षक बनाएको छ ।

सुदूरपश्चिम रोयल्सको मार्की दिपेन्द्रसिंह ऐरी हुन् । पछिल्लो समय राष्ट्रिय टिममा यो प्रदेशका खेलाडीको बाहुल्यता छ । एनपीएल, सुदूरपश्चिमको क्रिकेटलाई अर्को स्तरमा पुर्‍याउने अवसर हुन सक्छ ।

मधेश प्रदेशमा क्रिकेट सर्वाधिक लोकपि्रय छ । एनपीएलमा यो प्रदेशलाई जनकपुर बोल्ट्सले प्रतिनिधित्व गर्नेछ । आशिफ शेख मार्की रहेको यो फ्रेन्चाइज टोलीले मधेशकै खेलाडीलाई पहिलो प्राथमिकतामा राख्ने जनाएको छ ।

चितवन राइनोज, राष्ट्रियस्तरका आफ्नो क्षेत्रका खेलाडीको कम उपस्थितिले चिन्तित छ । कुशल मल्ल मार्की पाएको चितवनको विश्वास छ, एनपीएलले धेरै स्टार खेलाडी जन्माउनेछ ।

यी टोलीलाई अब अक्सनको पर्खाई छ । असोज २० गते उनीहरुले घरेलु खेलाडी छान्नेछन् । टोलीले विदेशी कोटामा टेस्ट राष्ट्रबाट समेत खेलाडी ल्याउने प्रयास गरिरहेका छन् । 


Image

सविना कार्की

कार्की कान्तिपुर टेलिभिजनको खेल ब्युरोमा कार्यरत छन् ।