काभा यू-२० पुरुष भलिबल च्याम्पिनसिपमा भाग लिने नेपाली टोलीको बिदाइ

आश्विन १६, २०८१ |कान्तिपुर टीभी संवाददाता
काभा यू-२० पुरुष भलिबल च्याम्पिनसिपमा भाग लिने नेपाली टोलीको बिदाइ

काठमाडौं । श्रीलंकाको कोलम्बोमा हुने काभा यू-२० पुरुष भलिबल च्याम्पिनसिपमा भाग लिने नेपाली टोलीलाई आज एक कार्यक्रमकाबीच नेपाल भलिबल संघले बिदाइ गरेको छ ।

असोज २० देखि २६ गतेसम्म कोलम्बोमा हुने उक्त प्रतियोगितामा आयोजक राष्ट्र श्रीलंका, माल्दिभ्स, नेपाल, किर्गिस्तान, उज्वेकिस्तान र ताजिकिस्तानसहित ६ देश सहभागी रहनेछन् । बंगलादेशको भने अहिलेसम्म टुंगो लाग्नसकेको छैन । नेपालबाट अर्जुन नेपालीको कप्तानीमा १२ खेलाडी, मुख्य प्रशिक्षक रमेश कार्की, सहायक प्रशिक्षक लालबहादुर बटाला र म्यानेजर गणेश ठगुन्ना गरी १५ जनाको टोली रहेको छ ।

यस्तै रेफ्री डेलिगेटको रुपमा गौलम लासिवा र अकम्पनी रेफ्रीको रुपमा नेपालबाट विकास गुरुङले काभा च्याम्पियनसिपमा सहभागिता जनाउँदैछन् । करिब तीन हप्ताको तयारीमा काभा च्याम्पियनसिपमा भाग लिने नेपाली टोलीको तयारी राम्रो भएको र उपाधि हातपार्न कै लागि खेल्ने कप्तान अर्जुन नेपालीले बताए ।

भोलि श्रीलंका प्रस्थान गर्ने यू-२० पुरुष भलिबल टिमलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य-सचिव टंकलाल घिसिङ, नेपाल भलिबल संघका अध्यक्ष तथा एभीसी सेन्ट्रल जोनका सचिव जीतेन्द्रबहादुर चन्द लगायत संघका पदाधिकारीले बिदाइ गर्नुभएको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement