काठमाडौं । बाबर आजमले पाकिस्तानी क्रिकेट टोलीको कप्तानीबाट राजीनामा दिएका छन् ।
उनले गए राति सामाजिक सञ्जालमा पोस्ट सेयर गर्दै कप्तानी त्यागेको घोषणा गरेका हुन् । बाबर पाकिस्तानको सिमित ओभर क्रिकेट टिमको कप्तान थिए । बाबरले टिमको कप्तानी गर्न पाउनु आफ्नो लागि गौरवको विषय भएको लेखेका छन् । पाकिस्तान क्रिकेट बोर्डले यसै वर्ष बाबरलाई फेरि ह्वाइट बल क्रिकेटको कप्तान बनाएको थियो ।
टी-२० विश्वकप-२०२४ को समूह चरण समेत पार गर्न नसकेपछि उनको कप्तानीमा प्रश्न उठेको थियो । पीसीबीले २०२० मा बाबर आजमलाई सबै र्फम्याटको कप्तान बनाएको थियो । बाबरको कप्तानीमा टोली २०२१ को टी-२० विश्वकपको सेमिफाइनल र २०२२ को फाइनलमा पुगेको थियो ।
तर, २०२३ को एकदिवसीय विश्वकपमा पाकिस्तानको खराब प्रदर्शनपछि उनले कप्तान पदबाट राजीनामा दिएका थिए । बोर्डले टी-२० विश्वकप २०२४ अघि ह्वाइट बल क्रिकेटको कप्तानी पुन बाबरलाई दिएको थियो ।