काठमाडौं । नेपाल प्रिमियर लिगको टिम काठमाडौंले आफ्नो लोगो सार्वजनिक गरेको छ । काठमाडौंले सहभागी हुँदा आफ्नो नाम काठमाडौं गुर्खाज राख्ने निर्णय गरेको छ ।
उसले आज लोगो सार्वजनिक गरेको एनपीएलले आज सामाजिक सञ्जालमा जानकारी दिएको हो । काठमाडौं गोर्खाज तीन करोड ३३ लाख ३३ हजार तीन सय ३९ रुपैयाँमा गरिद गरिएको थियो ।
काठमाडौंको मार्की करण केसी हुन् । आगामी मंसिर १५ देखि पुस ६ गतेसम्म हुने प्रतियोगिताको लागि खेलाडीको अक्सन असोज २० गते हुने प्रिमियर लिगले जानकारी दिएको छ ।
क्यानले आज नै सबै टिमको मालिक र लागो सार्वजनिक गर्ने निर्णय गरेको छ । यसअघि नै कर्णाली याक्स, चितवन राइनोज, पोखरा एभेन्जर्सले आफ्नो लोगो सार्वजनिक गरिसकेका छन् ।
हिजो एक कार्यक्रमबीच कर्णालीले ज्ञानेन्द्र मल्लालाई प्रशिक्षक नियुक्त गरिसकेको छ ।