काठमाडौं । एएफसी च्याम्पियन्स लिगमा साउँदी क्लब अल नासरले पहिलो जित हात पारेको छ ।
समूह बीको खेलमा अल नासरले कतारी क्लब अल रेयानलाई २-१ ले हराएको हो । अल रेयानका गोलकिपर पाउलो भिक्टरलाई केही व्यस्त राखेको अल नासरले पहिलो हाफको अतिरिक्त सयममा साडियो मानेको गोल मार्फत अग्रता बनायो । सुल्तान अल-घन्नमको पासमा मानेले गोल गरेका थिए ।
७६ औं मिनेटमा क्रिस्टियाना रोनाल्डोको लेफ्ट फुटेड सट पोस्टको टप कर्नरमा प्रवेश गरेपछि अल अब्बल पार्कमा अल नासरले २-० को अग्रता बनायो । रोजर गुएडेसले ८७ औं मिनेटमा आगन्तुक टोली अल रेयानका लागि सानत्वना गोल फर्काए पनि स्टेफानो पियोलीको टोली २-१ ले विजयी भयो ।
एसी मिलानका पूर्वप्रबन्धक पियोलीले मुख्य प्रशिक्षकको रूपमा लुइस क्यास्ट्रोलाई प्रतिस्थापन गरे यता उनले प्रशिक्षकको रुपमा अल-नासरलाई लगातार चौंथो जित दिलाएका छन् । यस जितसँगै अल नासर २ खेलमा ४ अंकसहित तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । समान खेलमा अंक विहीन अल रेयान पुछारबाट दोस्रो स्थानमा छ ।