एनपिलको फ्रेन्चाइज कर्णाली याक्सलेद्वारा कप्तान ज्ञानेन्द्र मल्ललाई मुख्य प्रशिक्षक र निर्देशक घोषणा

आश्विन १४, २०८१ |कान्तिपुर टीभी संवाददाता
एनपिलको फ्रेन्चाइज कर्णाली याक्सलेद्वारा कप्तान ज्ञानेन्द्र मल्ललाई मुख्य प्रशिक्षक र निर्देशक घोषणा

काठमाडौं । नेपाल  प्रिमियर लिग एनपिलको फ्रेन्चाइज कर्णाली याक्सले, राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान ज्ञानेन्द्र मल्ललाई मुख्य प्रशिक्षक र निर्देशक घोषणा गरेको छ ।

कर्णालीले आज काठमाडौंमा आयोजना गरेको टोलीको नाम र लागो सार्वजनिक कार्यक्रममा मुख्य प्रशिक्षक पनि घोषणा गरेको हो । उसले आफ्नो नाम कर्णाली याक्स राखेको छ । हिमालयन बिल्डर्स एन्ड इन्जिनियर्सको स्वामित्वमा रहेको कर्णालीले नेपाल ए टिमका मुख्य प्रशिक्षक समेत रहेका ज्ञानेन्द्र संग सहकार्य गर्ने निर्णय गरेको हो । कर्णालीको मार्की खेलाडीमा राष्ट्रिय टिमका  रूपमा तीव्र गतिका बलर सोमपाल कामी रहेका छन् । 

एनपिएल खेल्ने आठ वटै फ्रेन्चाइज टोलीले मार्की खेलाडी गोलाप्रथा बाट छनौट गरिसकेका हुन् । काठमान्डुका करण केसी, लुम्बिनीमा रोहित पौडेल, जनकपुरमा आशिफ शेख, पोखरामा कुशल भुर्तेल , विराटनगरमा सन्दीप लामिछाने र चितवनमा कुशल मल्ल मार्की छन् । नेपाल क्रिकेट संघ क्यानले आगामी असोज २० गते खेलाडी अक्सन गर्ने जानकारी दिएको छ । 

विदेशी खेलाडी भने फ्रेन्चाइज टोली आफैले छनौट गर्न सक्नेछन् । एनिपिएलको पहिलो संस्करण मंसिर १५ गते देखी पुस ६ गते सम्म हुनेछ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement