त्रिकोणात्मक टी-२० सिरिजमा आज नेपालले क्यानडासँग प्रतिस्पर्धा गर्दै

आश्विन १२, २०८१ |कान्तिपुर टीभी संवाददाता
त्रिकोणात्मक टी-२० सिरिजमा आज नेपालले क्यानडासँग प्रतिस्पर्धा गर्दै

काठमाडौं । क्यानडामा आजदेखि नेपाल, क्यानडा र ओमान सम्मिलित त्रिकोणात्मक टी-२० सिरिज सुरु हुँदैछ । सिरिजको पहिलो खेलमा नेपालले घरेलु टिमविरुद्ध खेल्ने तालिका छ ।

नेपाल र क्यानडाबीचको खेल आज राति पौने १० बजे सुरु हुनेछ । एक दिवसीयमा नेपालले तीन खेल हारेको छ भने एक खेल मौसमका कारण रद्द भएको थियो । तर यो सिरिजमा नेपाललाई कमब्याकको अवसर रहनेछ ।

क्यानडामा नै यसअघि भएको आईसीसी विश्वकप लिग टू सिरिजमा एक खेल मात्र खेलेका कुशल भुर्तेल, कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीले आज अवसर पाउन सक्छन् । उनीहरुले एक दिवसीय सिरिजको एक खेल मात्र खेलेका थिए ।

नेपाल लिग टूमा क्यानडासँगको दुवै खेलमा पराजित भएको थियो । ओमानसँग एक खेल हारेको थियो भने एक खेल वर्षका कारण रद्द भयो । यससँगै नेपालले सिरिजमा एक अंक मात्र जोडेको थियो । नेपाल टी-२० विश्वकपपछि अहिले २० ओभरको खेलमा फर्किएको हो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement