एएफसी यू-२० एसियन कप छनोटमा नेपाल र बहराइन प्रतिस्पर्धा गर्दै

आश्विन ११, २०८१ |कान्तिपुर टीभी संवाददाता
एएफसी यू-२० एसियन कप छनोटमा नेपाल र बहराइन प्रतिस्पर्धा गर्दै

काठमाडौं । एएफसी यू-२० एसियन कप छनोट अन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले आज बहराइनको सामना गर्दैछ ।

न्यु ताइपेइ सिटी स्थित, फु जेन क्याथोलिक युनिर्भसिटी स्टेडियममा अहिले खेल जारी छ । दोस्रो जितको खोजिमा रहेका दुबै टिमलाई एसिया कपमा छनोट हुन जित्नै पर्ने दबाब छ । यो समाचार तयार पार्दासम्म १९ मिनेटको खेल हुँदा अहिलेसम्म दुबै टोलीले गोल गर्न सकेका छैनन् । 

उर्जन श्रेष्ठको टोली पहिलो खेलमा कम्बोडियासँग ४-१ ले पराजित भएको थियो । दोस्रो खेलमा समिर तामाङले हृयाट्रिक गरेपछि चाइनिज ताईपेलाई ३-१ ले पराजित गरेको नेपालले तेस्रो खेलमा उज्वेकिस्तानसँग ६-० को फराकिलो अन्तरले पराजित भएको थियो ।

बहराइनले पहिलो खेलमा चाइनिज ताईपेलाई १-० ले हराउँदा कम्बोडियासँग पराजित भएको थियो ।

समूह 'बी' को चौंथो स्थानमा रहेको नेपालको ३ खेलमा ३ अंक छ । बहराइनले दुई खेल खेल्दा ३ अंक जोडेको छ । उ तालिकाको तेस्रो स्थानमा छ । सुरुवाती २ खेल जितीसकेको उज्वेकिस्तानको ६ अंक छ । 

समान ६ अंक जोड्दा २ हार र १ जित हात पारेको कम्बोडिया दोस्रो स्थानमा छ । पुछारको चाइनिज ताईपे अंक विहिन छ । यसै समूहको अन्तिम खेलमा आज पौने ५ बजे चाइनिज ताईपे र उज्वेकिस्तान प्रतिस्पर्धा गर्ने छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement