झ्याप्लेखोलामा पहिरोमा पुरिएका दुईवटा बसबाट १४ जनाको शव निकालियो

आश्विन १२, २०८१ |कान्तिपुर टीभी संवाददाता
झ्याप्लेखोलामा पहिरोमा पुरिएका दुईवटा बसबाट १४ जनाको शव निकालियो

काठमाडौं । काठमाडौंको नागढुंगा नजिकै झ्याप्लेखोलामा पहिरोमा पुरिएको दुईवटा बसबाट १४ जनाको शव निकालिएको छ ।

शनिबार बिहान पहिरो जाँदा धादिङ जिल्लाको झ्याप्लेखोलामा माइक्रोबसहरु पुरिएका थिए । त्यस क्रममा लु १ ज ४५७८ नम्बरको माइक्रोबसबाट ५ वटा शव निकालिएको हो ।

त्यस्तै नम्बर नखुलेको अर्को बसबाट ९ जनाको शव निकालिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी नवराज अधिकारीले जानकारी दिनुभयो । 

ती बसहरु आज साँझ एक्साभेटरको सहायताले निकालिएको हो । पहिरोमा अरु बसहरु पनि पुरिएको आशंकामा प्रहरीले खोजी गरिरहेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement