एन्फा लिगमा कर्णालीविरुद्ध आर्मीको ५-० गोलको शानदार जित

आश्विन ११, २०८१ |कान्तिपुर टीभी संवाददाता
एन्फा लिगमा कर्णालीविरुद्ध आर्मीको ५-० गोलको शानदार जित

काठमाडौं । महिला लिग अन्तर्गत कर्णाली प्रदेशले आफ्नो अन्तिम खेलमा सातौं हार बेहोरेको छ । एन्फा कम्प्लेक्समा आज दोस्रो स्थानको आर्मीले कर्णालीलाई ५-० ले हराएको हो ।

खेलको १२ मिनेटभित्रै तीन गोल गरेपछि आर्मीले खेलमा सहज अग्रता बनाएको थियो । तेस्रो मिनेटमा चन्द्रा भडारीले आर्मीलाई अग्रता दिइन् ।

फरवार्ड विमला चौधरीले आठौं मिनेटमा गोल गरेपछि आमीले दुई गोलको अग्रता बनायो । चुस्त सुरुआत गरेको आर्मीको लागि १२ औं मिनेटमा अमिषा कार्कीले गोल गरिन् । तर पहिलो हाफको बाँकी समयमा कर्णालीले उत्कृष्ट डिफेन्स गर्दा आर्मील गोल गर्न सकेन् ।

दोस्रो हाफमा भने उसको स्कोरिङ अघ बढेको थियो । ५७ औं मिनेटमा पाएको फ्रि-किकमा दिपा शाहीले गोल गरिन् । उनको प्रहार गोलकिपर लिला जोशीले नियन्त्रणमा लिन नसकेपछि गोल भएको हो ।

यसैगरी ६७ औं मिनेटमा बागमतिका खेलाडीले क्लियर गर्न नसकेको बललाई दिपा राईले पोस्टको माथिल्लो भागमा प्रहार गरेर गोल गरिन् । त्यो गोल नै आर्मीले खेलमा गरेको अन्तिम गोल भयो । आजको जितसँगै आर्मीले नौ खेल पूरा गर्दा सात जिसहित २२ अंक बनाएको छ ।

यता पराजित कर्णाली भने चार अंकका साथ अंकतालिकाको पुछारबाट दोस्रो स्थानमा छ । लिग चरणको अन्तिम खेलमा भोलि नेपाल पुलिस क्लबले संकटा क्लबसँग खेल्नेछ । यो खेल दिउँसो तीन बजे दशरथ रंगशालामा हुनेछ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement