अपडेट : बाढीपहिरो र डुबानमा परी काठमाडौं उपत्यकामा ३४ सहित ८० जनाको मृत्यु

आश्विन १२, २०८१ |कान्तिपुर टीभी संवाददाता
अपडेट : बाढीपहिरो र डुबानमा परी काठमाडौं उपत्यकामा ३४ सहित ८० जनाको मृत्यु

काठमाडौं । दुई दिनदेखिको अबिरल वर्षाका कारण आएको बाढीपहिरो र डुबानका कारण ८० जनाको मृत्यु भएको छ । ६९ जना बेपत्ता र ६० जना घाइते भएको गृह मन्त्रालयले जनाएको छ । विपदले देशभरको जनजीवन प्रभावित बनेको छ ।

काठमाडौं उपत्यकाका तीन जिल्लामा मात्रै ३४ जनाको मृत्यु भएको छ । काठमाडौंमा ११, ललितपुरमा १८ र भक्तपुरमा ५ जनाको बाढी, पहिरो, डुबान र घर भत्केर मृत्यु भएको प्रहरीले जनाएको छ । हराइरहेकाहरुको खोजी जारी छ । 

उपत्यकाबाहेक बागमती प्रदेशमा थप २३ जनाको, कोशीमा ८ जनाको र मधेश प्रदेशमा एक जनाको विपदमा परि ज्यान गएको गृह मन्त्रालयले जनाएको छ ।

भक्तपुरको आसापुरीमा २ र पलासेमा गर्भवती महिलासहित ३ जना गरी पाँच जनाको मृत्यु भएको हो । काठमाडौंको नागढुंगा नजिकै झ्याप्लेखोलामा पहिरोमा पुरिएको दुईवटा बसबाट १४ जनाको शव निकालिएको छ । यस्तै ५६ जनालाई उद्धार गरिएको छ । ललितपुरबाट २ जनालाई हेलिकप्टर र २ सय ८१ जनालाई प्रहरी, सशस्त्र र सेनाले विभिन्न स्थानबाट सकुशल उद्धार गरिएको छ । 

ललितपुरको नख्खु खोलाले बगाउँदा नखिपोट क्षेत्रबाट ४ जना बेपत्ता भएकोमा तीन जनाको उद्धार गरिएको छ । यसैगरी गोदावरीमा पहिरोले घर बगाउँदा तीन जना बेपत्ता भएका छन् । बाढी र डुबानले ठूलो धनमालको पनि क्षति भएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement