एएफसी अन्डर-ट्वेन्टी एसियन कप छनोटबाट नेपाल बाहिरियो

छनोटको अन्तिम खेलमा बहराइनसँग चार-शून्य गोलले पराजित
आश्विन ११, २०८१ |कान्तिपुर टीभी संवाददाता
एएफसी अन्डर-ट्वेन्टी एसियन कप छनोटबाट नेपाल बाहिरियो

काठमाडौं । एएफसी अन्डर-ट्वेन्टी एसियन कप छनोटको आफ्नो अन्तिम खेलमा नेपाल पराजित भएर बाहिरएको छ । न्यू ताइपे सिटीस्थित, फू जेन क्याथोलिक युनिभर्सिटी स्टेडियममा नेपाल बहराइनसँग ४-० ले पराजित भएको हो ।

खेलको २७ औं मिनेटमा नै नेपालले पहिलो गोलको सामना गर्न पुग्यो। सामी बसम अड्वाईले फ्रि-किकमा गरेको प्रहार सिधै पोस्टभित्र छिरेको थियो । उनको प्रहार नेपाली गोलकिपर जियारत शेखले भेट्न सकेनन् । पहिलो हाफको अन्तिममा बहिराइनले अग्रता दोब्बर बनायो ।

इन्ज्युरी समयमा बहराइनका खलिद अलखलिफले सेट पिसमा गोल गरे । यसपटक पनि शेखले गलत दिशामा डाइभ गर्दा नेपालले गोलको सामना गरेको हो । पहिलो हाफमा नै नेपाल दुई-शून्यले पछि पर्यो । सामीले खेलको ७३ औं मिनेटमा पनि गोल गरे ।

नेपालविरुद्ध ८४ औं मिनेटमा अलि अहमदले गोल गरेपछि एसियन कपको छनोट नजिक पुगेको हो । उसको छनोट हुने सम्भावना अब पर्सी हुने उज्वेकिस्तानसँगको खेलको नतिजाले निर्धारण गर्नेछ । यता नेपालले भने चारमध्ये एक खेलमा मात्र जित निकाल्न सक्यो।

उर्जन श्रेष्ठको टोली पहिलो खेलमा कम्बोडियासँग ४-१ ले पराजित भएको थियो । दोस्रो खेलमा समिर तामाङले ह्याट्रिक गरेपछि चाइनिज ताइपेलाई ३-१ ले पराजित गरेको नेपालले तेस्रो खेलमा उज्वेकिस्तानसँग ६-० को फराकिलो अन्तरले पराजित भएको थियो । बहराइनले पहिलो खेलमा चाइनिज ताइपेलाई १-० ले हराउँदा कम्बोडियासँग पराजित भएको थियो ।

आजको खेलसँगै बहराइन, उज्वेकिस्तान र कम्बोडियाको समान ६-६ अंक भएको छ । समूहको विजेता र उत्कृष्ट ६ उपविजेताले फाइनल अन्डर ट्वेन्टी एसिया कपमा स्थान बनाउने छन्।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement