बाढीपहिरोमा परेर काभ्रेमा १० जनाको मृत्यु , १९ बेपत्ता

आश्विन १२, २०८१ |कान्तिपुर टीभी संवाददाता
बाढीपहिरोमा परेर काभ्रेमा १० जनाको मृत्यु , १९ बेपत्ता

काभ्रे । काभ्रेमा बाढीपहिरो परी मृत्यु हुनेको सङ्ख्या १० पुगेको छ भने १९ जना बेपत्ता भएका छन् । बाढी पहिरोमा परेका १६ जनाको गरिएको जिल्ला प्रहरी कार्यलय काभ्रेले जनाएको छ ।

अविरल बर्षाको कारण जिल्लाको तेमाल गाउँपालिका-७ चापाखोरीमा भिमबहादुर तामाङको घर पहिरोमा पुरिँदा उनकी श्रीमती ५० वर्षीया पातली तामाङ र ४० वर्षीया नक्कली तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक तामाङकै घरमा मकै भाच्ने काममा सघाउन आएकी धुल्खु निवासी उनको आफ्नै बहिनीको समेत मृत्यु भएको छ । घटना पछि प्रहरी चौकी नारायणथानबाट प्रहरी पुगेपनि अविरल बर्षाका कारण शव निकाल्ने प्रयास भैरहेको छ ।

बनेपा-१० हंसदा आश्रम नजिक पुरिएका ६ वर्षका बालक युविन हुमागाईंको पनि मृत्यु भएको छ ।

यसैगरी हिजो साझ नै अविरल बर्षाको कारण पहिरोमा परी एकको मृत्यु भएको छ । जिल्लाको बेथानचोक गाउँपालिकाको वडा-५ च्याल्टीमा पहिरोमा पुरिएर ४५ बर्षीय प्रेम बहादुर वाइबाको मृत्यु भएको छ । बेथानचोक -५ मै रहेको साजीखोल्सा तरेर जाने क्रममा माथिबाट आएर आएको पहिरोले प्रेमबहादुर वाइबाको मृत्यु भएको थियो ।

अविरल बर्षाका कारण बनेपा नगरपालिका-१४ थालचोकमा पहिरोले घर बगाउँदा २ जना बेपत्ता भएका छन् । यस्तै पनैती नगरपालिका-१२ कोलातीभूमी डाँडामा अविरल वर्षादको कारण पहिरो आएर घर पुरिँदा २ जना बेपत्ता भएका छन् । नमोबुद्ध नगरपालिका-२ श्यामापाटीमा पहिरोमा परि दुई जना बेपत्त भएका छन् । यस्तै पनौती नगरपालिका वडा-११ बल्थली थुम्कीमा पनि पहिरोमा एउटा घर पुरिँदा ४ जना बेपता भएका छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement